थपिए २८ संक्रमित, ९ जना डिस्चार्ज
नेपालखोज
२०७९ जेठ २४ गते १६:१४

काठमाडौं । नेपालमा गत चौबीस घण्टामा जम्मा २८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरबाट २ हजार १२० जनाको पीसीआर विधिबाट परीक्षण गर्दा ७ जनामा संक्रमण पुष्टि भएको छ ।
यस्तै १ हजार २५६ जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा २१ जनामा कोरोना संक्रमण देखिएको छ । नेपालमा हाल १०७ जना सक्रिय संक्रमित छन् ।
त्यस्तै, गत चौबीस घण्टामा थप ९ जना कोरोना भाइरस संक्रमण मुक्त भई डिस्चार्ज भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण मुक्त भई डिस्चार्ज हुनेको संख्या ९ लाख ६७ हजार १५४ जना पुगेको मन्त्रालयले जनाएको छ । नेपालमा संक्रमण मुक्त हुनेदर ९८ दशमलव ८ प्रतिशत छ ।
सम्बन्धित
प्रतिक्रिया