विवादमा इम्बोस्ड, आफ्नै निर्णयबाट सरकार किन पछि हट्यो ?
नेपालखोज
२०७९ जेठ २४ गते १७:०६

काठमाडौं । साउन १ देखि अनिवार्य लागु गर्ने भनिएको इम्बोस्ड निर्णयबाट यातायात व्यवस्था विभाग पछि हटेको छ । विभागले साउन १ गतेदेखि सडकमा गुड्ने सबै सवारीमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य नगरिने प्रष्ट पारेको छ । इम्बोस्ड नम्बर अनिवार्य जडान गर्नुपर्ने सवारीमा भने प्लेट जडान भएका छन् वा छैनन भन्ने विषयमा भने अनुगमन गर्नुपर्ने विभागको ठहर छ ।
इम्बोस्ड नम्बर प्लेट जडान ऐच्छिक विषय पनि नभएको भन्दै विभागले सिमित समयमा कार्य पुरा गर्नका लागि आगामी दिनमा यो कार्यको गति तीब्र हुन जरुरी भएको भने उल्लेख गरेको छ । इम्बोस्ड नम्बर प्लेट जडानका लागि पनि सबै पूर्वाधार तयारी अवस्थामा रहेको पनि विभागले जनाएको छ ।
सम्बन्धित

प्रतिक्रिया