सोमबार, पुष ७, २०८२

सीजी डिजिटल प्रिमियम मल्टी ब्रान्ड इलेक्ट्रोनिक्सको २१औं सोरुम अब जोरपाटीमा

नेपालखोज २०७९ जेठ २५ गते २१:४२

काठमाडौं । नेपालको सबैभन्दा ठूलो प्रिमियम मल्टी ब्रान्ड इलेक्ट्रोनिक्स (सीजी डिजिटल) को नयाँ शोरूम काठमाडौंको जोरपाटीमा सञ्चालनमा आएको छ ।

विशिष्ट अतिथिहरु र मिडियाकर्मीमाझ चौधरी ग्रुपका म्यानेजिङ डाइरेक्टर निर्वाण चौधरीले सोरुमको अनावरण गरे । यस सोरुममा सीजी इलेक्ट्रोनिक्सअन्तर्गत रहेका विभिन्न प्रतिष्ठित ब्रान्ड एलजी, सीजी, गोदरेज, टीसीएल, सेन्सेई, केन्ट, पिजन, एलिका, ब्ल्याक प्लस डेकर, बेको र माइडियाजस्ता ब्रान्डका ७०० भन्दा बढी घरायसी उपकरण उपलब्ध रहने कम्पनीले जानकारी दिएको छ ।

नयाँ सोरुम शुभारम्भका अवसरमा कम्पनीले आफ्ना उपकरणहरुको खरिदमा विशेष छुट तथा उपहार प्रधान गर्ने पनि जनाएको छ । साथै, ग्राहकलाई मध्यनजर गर्दै फ्री डेलिभोर, लोयल्टी प्रोग्राम, फ्री माइक्रोवेभ ओभन कुकिङ क्लास/डेमो, शून्य प्रतिशत ब्याजदरमा किस्ताबन्दी, एक्स्चेन्ज अफरजस्ता सुविधाहरु पनि उपलब्ध गराएको छ ।

कम्पनी स्वामित्वको यो २१औं सोरुम रहेको र आगामी दिनहरुमा पनि देशका विभिन्न सहरहरुमा यसरी नै सीजी डिजिटल सोरुमहरु विस्तार गर्दै जाने र अझै ग्राहकवर्गनजिक पुग्ने सीजी डिजिटलको लक्ष्य रहेको छ ।

प्रतिक्रिया