बैंकिङ कसुरका फरार प्रतिवादी पक्राउ

नेपालखोज २०७९ जेठ २५ गते २२:०१

काठमाडौं । प्रहरीले बैंकिङ कसुर सम्बन्धी मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनका अनुसार धनुषाको लक्ष्मिनियाँ वडा न २ घर भई हाल काठमाडौंको जडिबुटी बस्दै आएका ३९ बर्षिया हसन साफीलाई आज बुधबार काठमाडौंको बत्तिसपुतलीबाट पक्राउ गरिएको हो ।

अमर दिप साहको जाहेरीले वादी नेपाल सरकार र धनुषाको लक्ष्मिनियाँ वडा न २ घर भई हाल काठमाडौंको जडिबुटी बस्ने ३९ बर्षिया हसन साफीलाई बैंकिङ कसुर सम्बन्धी मुद्दामा ९५ लाख रुपैंयाँ बिगो कायम भएको प्रहरीले जनाएको छ ।

त्यसपछि भने फरार भएका साफीलाई बत्तीसपुतलीबाट पक्राउ गरी थप अनुसन्धानको लागि बुधबार नैं जिल्ला प्रहरी कार्यालय धनुषामा पठाइएको अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

प्रतिक्रिया