चौधरी ग्रुपकाे विद्युतीय कार निटा भी बजारमा
नेपालखोज
२०७९ जेठ २६ गते ८:०२

काठमाडाैं । चौधरी ग्रुप अन्तर्गतको सीजी मोटर्सले चिनियाँ ब्रान्ड नेटाको विद्युतीय कार सार्वजनिक गरेको छ । कम्पनीले राजधानीमा आयोजित एक कार्यक्रममार्फत् निटा ब्रान्डकाे निटा भी नामक मोडल सार्वजनिक गरेको हो ।
सिजी मोटर्सका प्रबन्ध निर्देशक निर्वाण चौधरीले पेट्रोलियम पदार्थका आयात घाटा, व्यापारघाटा कम गर्ने सरकारी नीतिलाई सहयोग पुर्याउन विद्युतीय सवारी साधनको प्रवर्द्धन गरेको बताए ।
यो कारले एक पटकको फूल चार्जमा ३८० किलोमिटरभन्दा बढी गुड्न सक्छ । ५ जना अट्न सक्ने यो कार फूल चार्ज हुन एसी चार्जरबाट ६ घण्टा (६.६ किलोवाट) लाग्छ भने डीसी फास्ट चार्जबाट २० मिनेटमा ९० प्रतिशतसम्म चार्ज हुन्छ ।
सम्बन्धित








प्रतिक्रिया