मध्यपहाडी लोकमार्ग अवरुद्ध

नेपालखोज २०७९ जेठ २६ गते ९:२१

काठमाडाैं । दुई दिनदेखिको वर्षासँगै खसेको पहिराेका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्डअन्तर्गत घोडाबाँधे–हटिया सडक गए रातिदेखि अवरूद्ध भएको छ ।

सडक अवरुद्ध हुँदा लोकमार्ग भएर चल्ने लामो तथा छोटो दुरीका सवारीसाधन बाटोमै थन्किएका छन् । यात्रुले सास्ती व्यहोरिरहेका छन् ।

ठाउँठाउँमा खसेका पहिराले लोकमार्ग क्षतविक्षत बनेको छ । गलकोट नगरपालिकाका प्रवक्ता हेमन्त भण्डारीका अनुसार अहिले डोजरले पहिराे पन्छाएर अवरुद्ध सडक खुलाउने काम भइरहेको छ । रासस

प्रतिक्रिया