युएई आईसीसी यू–१९ महिला विश्वकपमा छनोट
नेपालखोज
२०७९ जेठ २६ गते १९:१७

काठमाडाैं । युएईले थाइल्याण्डलाई हराउँदै आईसीसी यू–१९ महिला विश्वकपमा छनोट भएको छ । सन् २०२३ मा दक्षिण अफ्रिकामा हुने विश्वकपमा युएई छनोट भएको हो ।
मलेसियामा भएको एसिया छनोटको अन्तिम खेलमा युएईले थाइल्याण्डलाई ६ विकेटले पराजित गरेको हो । यो जितसँगै छनोटमा शतप्रतिशत जित निकाल्दै १० अङ्कसहित शीर्ष स्थानमा रहँदै विश्वकपमा छनोट भएको हो । छनोटमा नेपालसहित, आयोजक मलेसिया, युएई, थाइल्याण्ड, भुटान र कतार सहभागी थिए ।
सम्बन्धित
प्रतिक्रिया