बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी मोक्तान पक्राउ
नेपालखोज
२०७९ जेठ २७ गते १८:४०

काठमाडौं । बैकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार उच्च अदालतबाट पाटनबाट ११ लाख ५० हजार रुपैयाँ जरिवाना र सात दिन कैदसमेत तोकिएका फरार प्रतिवादी अनिल मोक्तान पक्राउ परेका हुन् ।
बिदुर पौडेल, प्रदिप बास्कोटा, दीपक बहादुर अधिकारी, बालकृष्ण थापा मगरको छुट्टाछुट्टै जाहेरीको आधारमा बैंकिङ कसुर सम्बन्धी चार थान मुद्दामा काभ्रेको भुम्लु गाउँपालिका वडा नं ५ घर भई हाल काठमाडौंको महाराजगञ्ज बस्ने ५६ बर्षिय मोत्तानलाई पक्राउ गरिएको उक्त कार्यालयले जानकारी दिएको छ ।
कार्यालयका अनुसार मौत्तानलाई शुक्रबार महाराजगञ्जबाट पक्राउ गरी सोही दिन नैं फैसला कार्यान्वयनको लागि काठमाडौं जिल्ला अदालतमा पेस गरिएको छ ।
सम्बन्धित

प्रतिक्रिया