प्रतिनिधिसभा बैठक : विनियोजन विधेयकमाथिका शीर्षकमा आजदेखि मन्त्रीले जवाफ दिने

नेपालखोज २०७९ जेठ ३० गते ६:४२

काठमाडाैं । प्रतिनिधिसभाको बैठक आज पनि बस्दै छ । बैठक बिहान ११ बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्ने संसद् सचिवालयले जनाएको छ । आजकाे बैठकमा विनियोजन विधेयकमाथि उठेका प्रश्नहरूको सम्बन्धित मन्त्रीहरूले जवाफ दिने क्रम सुरु हुँदैछ ।

सांसदले उठाएका प्रश्नमाथि आजदेखि मन्त्रीहरूले जवाफ दिने कार्य तालिका रहेकाे छ । विनियोजन विधेयक, २०७९ अन्तर्गत विभिन्न मन्त्रालय र निकायका शीर्षकमाथि सांसदहरुले बोल्ने क्रम आइतबार सकिएको थियो । आइतबार सहरी विकास मन्त्रालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र राष्ट्रिय योजना आयोगको सचिवालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रपतिको कार्यालय एवं उपराष्ट्रपतिको कार्यालयको विनियोजन शीर्षकमाथिको छलफल भएको थियो ।

संसद् सचिवालयका अनुसार आजको बैठकमा कानुन न्याय तथा संसदीय मामिला मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, वन तथा वातावरण मन्त्रालय, सहरी विकास मन्त्रालय, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्राय, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय  र कृषि तथा पशुपंक्षी विकास मन्त्रालयको विनियोजन विधेयकका शीर्षमाथि उठेका प्रश्नको सम्बन्धित मन्त्रीले जवाफ दिनेछन् । 

प्रतिक्रिया