आईजीपी बढुवा विवाद मुद्दाकाे सुनुवाइ आज

नेपालखोज २०७९ जेठ ३० गते ७:४२

काठमाडाैं । प्रहरी महानिरीक्षक (आईजीपी) बढुवा विवाद मुद्दाकाे आज सुनुवाइ हुँदैछ । सर्वोच्च अदालतमा परेकाे आईजीपी बढुवा विवाद मुद्दाकाे सुनुवाइ आज हुन लागेकाे हाे ।

एआईजी विश्वराज पोखरेलले आफूलाई प्रहरी प्रमुख नबनाई तेस्रो नम्बरमा रहेका धीरज प्रताप सिंहलाई प्रहरी महानिरीक्षक बनाएकाे भन्दै रिट दायर गरेका थिए ।

सिंहलाई प्रहरी महानिरीक्षक बनाउने सरकारको निर्णयविरुद्ध दायर रिटमा जेठ १७ गतेदेखि अन्तिम सुनुवाइ सुरु भएकोमा अर्को पेसी आजका लागि तोकिएको थियो । 

सरकारले पहिलो वरीयतामा रहेका एआईजी विश्वराज पोखरेललाई प्रहरी प्रमुख नबनाई तेस्रो नम्बरमा रहेका सिंहलाई बनाएपछि यो विवाद सर्वोच्च पुगेको हाे ।

प्रतिक्रिया