हुबहु प्रश्नपत्र: त्रिविमा छानबिन समिति गठन, होला कारबाही ?

नेपालखोज २०७९ जेठ ३० गते १६:०९

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) को परीक्षामा प्रश्नपत्र हुबहु गरिएको सम्बन्धमा छानबिन समिति गठन भएको छ ।

मानविकी सङ्कायले जेठ १८ गते स्नातकोत्तर तह तेस्रो सेमेस्टरको अर्थशास्त्र विषयअन्तर्गत पब्लिक इकोनोमिक्स र जेठ २३ गते स्नातकोत्तर तहको राजनीतिशास्त्रको पहिलो सेमेस्टरको इन्टरनेशनल पोलिटिक्स विषयको प्रश्नपत्र अघिल्लो दुई वर्षको प्रश्नपत्रसँग हुबहु मिलेको थियो ।

प्राध्यापक घनश्याम भट्टराईको संयोजकत्वमा तीन सदस्य छानबिन समिति गठन गरिएको छ । रजिस्ट्रार दाहालले छानबिन समितिले एक हप्ताभित्र प्रतिवेदन बुझाउने जनाइएको छ ।

प्रतिक्रिया