काठमाडौंकाे माैसम खराबका कारण भैरहवा पुगेको जजिराको जहाज पुन: काठमाडौं फर्कियो
नेपालखोज
२०७९ जेठ ३१ गते ७:२२

काठमाडाैं । जजिरा एयरको जहाज मौसम खराब भएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्न नसकी गाैतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवामा अवतरण गरेकाे छ ।
कुवेतबाट आएको जहाज आज बिहान काठमाडौंमा अवतरण गर्नुपर्नेमा माैसम खराब भइ भिजिविलिटी कम हुँदा भैरहवा पठाइएको थियो ।
भैरहवामा करिब एक घन्टा बिताएर जजिराको जहाज काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ६ः५० बजे अवतरण गरेको विमानस्थल कार्यालयले जानकारी दिएको छ ।
सम्बन्धित

प्रतिक्रिया