सोमबार, पुष ७, २०८२

बैंक अफ काठमाण्डूको घरदैलो कार्यक्रम

नेपालखोज २०७९ जेठ ३१ गते १२:००

काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडले ग्राहकलाई सहज बैंकिङ प्रदान गर्ने उद्देश्यले बैंकका वाग्मती प्रदेशअन्तर्गतका विभिन्न शाखा कार्यालयले घरदैलो कार्यक्रम गरेका छन् ।

बैंकले हालै सार्वजनिक गरेको दुई निक्षेप योजनाको जानकारीमूलक तथा विभिन्न बैंकिङ सेवाबारे जानकारी दिने उद्देश्यले सञ्चालन गरिएको कार्यक्रममा बैंकका विभिन्न शाखा कार्यालयका कर्मचारीको सहभागिता थियो ।

बैंकले आकर्षक विशेषतासहित चार गुणासम्मको प्रतिफल भएको बीओके सुपर मुद्दती खाता सार्वजानिक गरेको थियो । साथै, बीओके प्रिमियम प्लस बचत खातामा उच्चतम् ब्याजदर आठ दशमलव शून्य तीन प्रतिशतको वार्षिक ब्याजदरसहित थुप्रै आर्कषक विशेषता समावेश गरी ग्राहकको फाइदालाई ध्यानमा राखी सार्वजनिक गरेको हो ।

बैंकको वाग्मती प्रदेशअन्तर्गतका जाउलाखेल, इमाडोल, लगनखेल, भक्तपुर, इटाँच्छे, गोंगबु, बालाजु, कलंकी, कमलपोखरी, अनामनगर, बल्खु, इन्द्रचोक, ठमेल, साँखु, न्युरोड, नक्साल, नयाँ बानेश्वर, पुरानो बानेश्वर, चाबहिल, महाराजगन्ज, ज्ञानेश्वर, त्रिपुरेश्वर, गोठाटार, बनेपा, पनौती, गल्छी, नारायणघाट, पर्सा, हेटौंडा तथा प्रगतिपथलगायत शाखा कार्यालयले आफ्नो नजिकको स्थानमा घरदैलो कार्यक्रम गरी नयाँ योजनाबारे जानकारी दिएको हो ।

बैंकले हाल १०१ शाखा कार्यालय, ९७ एटीएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहकलाई उत्कृष्ट बैंकिङ सुविधा प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया