पुनर्कर्जा लगानीमा १ खर्ब १४ अर्ब ९६ करोड !
नेपाल राष्ट्र बैंक भन्छ- एक लाख ४६ हजार तीन सय ८२ जनाले लिए सहुलियत कर्जा

काठमाडौं । नेपाल राष्ट्र बैंकले सहुलियत दरमा प्रदान गर्दै आएको पुनर्कर्जा रकम एक खर्ब १४ अर्ब ९६ करोड रुपैयाँ लगानीमा रहेको छ । राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको वैशाख मसान्तसम्ममा उक्त परिमाणमा पुनर्कर्जा लगानी भएको हो ।
यस अवधिमा एक लाख ४६ हजार तीन सय ८२ ऋणीलाई सहुलियतपूर्ण कर्जा प्रवाह भई दुई खर्ब १६ अर्ब ३३ करोड कर्जा बक्यौता छ । यसमध्ये कृषि तथा पशुपक्षी व्यवसाय कर्जाअन्तर्गत ६० हजार एक सय ६३ ऋणीलाई प्रवाह भएको एक खर्ब ३९ अर्ब ५५ करोड कर्जा रहेको राष्ट्र बैंकले जानकारी दिएको छ ।
महिला उद्यमशील कर्जाअन्तर्गत ८३ हजार तीन सय ७९ महिला उद्यमीलाई ७३ अर्ब नौ करोड रुपैयााँ कर्जा प्रवाह भएको छ । सहुलियतपूर्ण कर्जाका अन्य शीर्षकअन्तर्गत दुई हजार आठ सय ४० ऋणीको तीन अर्ब ६९ करोड रुपैयाँ कर्जा बक्यौता देखिएको राष्ट्र बैंकको भनाइ छ । यसैगरी ‘व्यावसायिक निरन्तरता कर्जा प्रवाह कार्यविधि, २०७७’ बमोजिम कोभिड १९ प्रभावित पर्यटन र घरेलु, साना तथा मझौला उद्यम क्षेत्रको व्यवसाय निरन्तरतामा सहयोग पुर्याउन ती क्षेत्रका श्रमिक तथा कर्मचारीको पारिश्रमिक भुक्तानीका लागि व्यवस्था गरिएको कर्जा २०७९ वैशाख मसान्तसम्ममा एक अर्ब १३ करोड रुपैयाँ स्वीकृत भएको राष्ट्र बैंकको भनाइ छ ।
पुनर्कर्जा कार्याविधि २०७७ अनुसार स्वीकृत पुनर्कर्जाको विवरण (रकम रु. करोडमा)

प्रतिक्रिया