लुम्बिनी प्रदेशकाे ४२ अर्ब ६३ करोड ५७ लाख रुपैयाँको बजेट विनियाेजन

नेपालखोज २०७९ असार १ गते १९:४६

 बुटवल । लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष २०७९/८० का लागि ४२ अर्ब ६३ करोड ५७ लाख रुपैयाँको बजेट विनियाेजन गरेकाे छ । कृषि, स्वास्थ्य, शिक्षा र पर्यटनलाई प्राथमिकतामा राखेर आर्थिक मामिला तथा सहकारी मन्त्री कृष्णध्वज खड्काले बुधबारको प्रदेश सभा बैठकमा बजेट सार्वजनिक गरेका हुन् ।

मन्त्री खड्काले कुल विनियोजनमध्ये चालु खर्चतर्फ १३ अर्ब ३२ करोड ७६ लाख ५२ हजार रुपैयाँ (३१.२६ प्रतिशत) र पुँजीगत खर्चतर्फ २४ अर्ब ४७ करोड ७० लाख ४८ हजार रुपैयाँ (५७.४१ प्रतिशत) रहने अनुमान गरेको उल्लेख गरे ।

आगामी आर्थिक वर्षमा सञ्‍चालन हुने कार्यक्रमका लागि खर्च बेहोर्ने स्रोतमध्ये आन्तरिक राजश्वबाट ३ अर्ब १० करोड ५९ लाख,  संघ र स्थानीय सरकारबाट प्राप्‍त हुने राजश्व बाँडफाँटबाट १५ अर्ब ३५ करोड ३४ लाख, रोयल्टी बाँडफाँटबाट ७० करोड रुपैयाँ प्राप्‍त हुने अनुमान गरिएको छ ।

पूर्णपाठ

प्रतिक्रिया