एनआरएनसँग मन्त्री गहतराजले भने- नेपालमा लगानी भित्र्याउनूस्

काठमाडौं । युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराजले नेपालमा लगानी भित्र्याउन रुसका गैरआवासीय नेपाली (एनआरएन) लाई आग्रह गरेका छन् । रुस सरकारको औपचारिक निमन्त्रणामा रुस पुगेका गहतराजले एनआरएनका पदाधिकारीसँगको छलफलमा यस्तो आग्रह गरेका हुन् ।
रुस भ्रमणको अन्तिम दिन बिहीबार (आज) गैरआवासीय नेपाली संघ (एनआरएन) र नेपाली दूतावासद्वारा आयोजित कार्यक्रममा उनले आफूले सिकेको सीप तथा लगानी नेपालमा सदुपयोग गर्न अनुरोध गरेका हुन् । नेपालमा लगानीको वातावरण बन्दै गइरहेकाले देशको आर्थिक विकासका लागि सरकारको साझेदार बन्न गहतराजले आग्र गरे । विगतका असहजता र समस्या समाधान गर्दै नेपाल अहिले नयाँ ठाउँमा पुग्न सफल भएकाले पछिल्लो समय सबैमा देशभित्रै केही गर्नुपर्छ भन्ने भावनाको विकास हुँदै गएको उनको भनाइ थियो ।
विदेशमा आर्जन गरेको सीप र स्विफ्ट मनीले नेपालमै केही गर्नुपर्छ भन्ने संकल्पको भावनालाई कसरी व्यवस्थित गर्ने भन्नेबारे सरकारी तहबाट छलफल भइरहेको बताउँदै गहतराजले नेपालमा लगानी भित्र्याउन रुसमा रहेका नेपालीलाई आग्रह गरेका हुन् ।

प्रतिक्रिया