अमेरिकी दूतावास भन्याे- एसपीपी सम्झौतामा नेपाललाई दबाब छैन, रद्द गर्न पाउँछ
नेपालखोज
२०७९ असार २ गते २१:५१

काठमाडौँ । स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) को विवाद चुलिइरहँदा अमेरिकाले एसपीपीमा सम्झौताका लागि नेपाललाई कुनै पनि किसिमको दबाब नरहेको स्पष्ट पारेको छ । स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) कार्यान्वयन गर्ने कि रद्द गर्ने नेपालको हातमा रहेको नेपालस्थित अमेरिकी दूतावासले बताएको हाे ।
अमेरिकी दूतावासले भनेको छ, ‘एसपीपीमा सहभागी हुन नचाहे नेपालले पत्राचार गरेर रद्द गर्न सक्नेछ ।’ काठमाडौंस्थित अमेरिकी राजदूतावासका उपप्रमुख मानुएल पी. मिकलरले बिहीबार यस्तो विकल्पबारे उल्लेख गरेका हुन् ।
सरकारलाई यो कार्यक्रम स्वीकार नगर्न प्रमुख प्रतिपक्षी दल नेकपा एमाले मात्र होइन, स्वयं सत्तारुढ दलका सांसदहरुले नै दबाव दिएका छन् । बिहीबार गृहमन्त्री बालकृष्ण खाँणले पनि स्टेट पार्टनरसीप प्रोग्राम नेपालले स्वीकार नगरेको र गर्न पनि नसक्ने बताएका थिए ।
सम्बन्धित

प्रतिक्रिया