बुधबार, वैशाख १७, २०८२

सपनाकाे अर्थ !

नेपालखोज २०७९ असार ३ गते ५:००

ज्योतिषीय शास्त्रमा कुनै पनि व्यक्तिले देखेको सपनाले पूर्वसूचना शुभ अशुभ अनि मिश्रित फल दिने बताइएको छ । अग्निपुराणमा केहि सत्य तथ्य लेखेको पाइन्छ । ज्योतिष शास्त्रमा यदि जातकको जन्मकुण्डलीमा नराम्रा ग्रहहरूको असर छ भने नराम्रा नराम्रा सपना देख्दछन् अनि फल पनि नराम्रो नै भोग्दछन् । तर बिरामी, मानसिक तनाब, शोकको अवस्था र दिनमा देखेको सपनाको कुनै अर्थ राख्दैन । जानाै कस्ताे सपनाकाे फल कस्ताे ?

सपनामा चिसो देख्नु

सपनामा चिसो लागेको देख्नुको अर्थ धेरै शुभ हुन्छ । यो सपनाले तपाईंको खराब समय समाप्त भएको संकेत गर्छ । साथै, आगामी समय धेरै राम्रो हुनेछ । यो सपना रोकिएको काम पूरा हुने संकेत पनि मानिन्छ ।

सपनामा चम्किलो घाम देख्नु

यो धेरै शुभ सपना हो । सूर्यलाई नयाँ जीवनको प्रतीक मानिन्छ । यो सपना नयाँ परिवर्तनको संकेत गर्छ । यो सपनाको अर्थ हो कि तपाईं फिल्डमा बढुवा पाउनुहुनेछ । व्यापारमा पनि सफलता मिल्ने सम्भावना छ । कतैबाट अचानक लाभ मिल्नेछ ।

सपनामा उड्ने

सपनामा आफूलाई हवाईजहाजमा चढेको देख्नुहुन्छ भने यो सपना निकै शुभ मानिन्छ । यो सपनाले संकेत गर्दछ कि तपाईं अगाडि एक अद्भुत समय बिताउन जाँदै हुनुहुन्छ। कुनै काममा ठूलो सफलता मिल्नेछ ।

सपनामा टोपी लगाउनु

सपनामा टोपी लगाएको देख्नुको अर्थ कार्यस्थलमा तपाईको प्रभुत्व बढ्नेछ । कार्यालयमा मान सम्मान मिल्नेछ । मन प्रसन्न रहनेछ । नयाँ व्यक्तिसँगको भेटघाट बढ्नेछ ।

सपनामा किनमेल

यदि तपाईंले सपनामा आफूलाईं किनमेल गरिरहेको देख्नुभयो भने यसको अर्थ धेरै शुभ हुन्छ । यो सपना आर्थिक संकटको अन्त्यको संकेत गर्छ । साथै, यो सपना आउनुको अर्थ हो कि तपाईंलाई व्यापारमा पनि लाभ हुनेछ ।

प्रतिक्रिया