सोमबार, पुष ७, २०८२

‘समाज सेवामा संघसंस्थाको भूमिका महत्त्वपूर्ण हुन्छ’

नेपालखोज २०७९ असार ५ गते १४:५८

काठमाडौं । मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलाराज रेग्मीले समाजसेवामा सामाजिक संघसंस्थाको भूमिका महत्त्वपूर्ण रहेको बताएका छन् । फोकस नेपालले आयोजना गरेको ‘समुन्नत नेपाल निर्माणमा सामाजिक संघसंस्थाको भूमिका’ विषयक विचार गोष्ठीमा उनले समाजको सेवामा सामाजिक संघसंस्थाको महत्त्वपूर्ण भूमिका रहेको बताए ।

उनले भने, ‘मानव सेवा र समाजसेवा गर्न सजिलो छैन, यसका लागि भित्री मनबाट नै इच्छाशक्ति हुनुपर्दछ, समाजसेवामा लाग्न ठूलो मन चाहिन्छ ।’ उनले समाजभित्र देखिने विकृति, विसंगति, भ्रष्टाचार अन्त्यका लागि संघसंस्थाले राज्यलाई घच्घच्याउनुपर्ने बताए ।

पूर्वअर्थमन्त्री तथा साहित्यकार शंकरप्रसाद कोइरालाले सरकार नपुगेको दुर्गम ठाउँमा सामाजिक संघसंस्था पुग्ने गरेको बताउँदै समाज विकासका लागि सामाजिक संस्थाको ठूलो भूमिका रहेको बताए । सामाजिक संघसंस्थाले संगठित नागरिकको भूमिका खेलेको उनको भनाइ थियो । फोकस नेपालका अध्यक्ष रामचन्द्र पोखरेलले सरकार र नागरिकबीचको सम्बन्धलाई सामाजिक संघसंस्थाले नजिक बनाएको बताए । सो अवसरमा सामाजिक सेवामार्फत उत्कृष्ट कार्य गर्ने व्यक्ति तथा संस्थालाई सम्मान गरिएको थियो ।

प्रतिक्रिया