राउन्ड टेबलद्वारा १८९ विद्यार्थीको शिक्षा सुनिश्चितका लागि २० लाख सहयोग

काठमाडौं । राउन्ड टेबल नेपालले १८९ छात्रछात्राको शिक्षा सुनिश्चितका लागि २० लाख रुपैयाँ सहयोग गरेको छ ।
देशका विभिन्न जिल्लामा शिक्षा र स्वास्थ्य क्षेत्रमा सामाजिक काम गरिरहेको राउन्ड टेबल नेपाल गैरनाफामूलक संस्था हो । राउन्ड टेबल अहिलेसम्म ३७३ कोठासहित ४० शौचालय ५८ विद्यालय र अनाथालय निर्माण गरिसकेको छ ।
राउन्ड टेबल इन्टरनेसनलसँग आबद्ध सन् १९९९ मा स्थापना भएको राउन्ड टेबल नेपाल, नेपालभर अहिलेसम्म ३२ च्याप्टरमा कुल ५१३ सदस्य छन् । १८ देखि ४० वर्ष उमेर समूहका युवा मात्रै सक्रिय रहन पाउने यो संस्थाले राष्ट्रिय परियोजना ‘फ्रिडम थ्रू एजुकेसन’ सञ्चालन गरिरहेको छ ।
संस्थाले शिक्षा क्षेत्रमा देशको कुनै पनि स्थानमा विद्यालय सञ्चालन गर्न आवश्यक भौतिक पूर्वाधार (समग्र विद्यालाय भवन) देखि आवश्यकताअनुसार शिक्षा सामग्री, कम्प्युटर, लाइब्रेरी र ल्याब निर्माण गर्दै आएको छ ।
राउन्ड टेबलले कक्षा १२ सम्म पढाइ हुने विद्यालय निर्माण गरेको छ भनेसो निर्माणमा अहिलेसम्ममा २५ करोड रुपैयाँभन्दा बढी खर्च गरिसकेको छ । शिक्षा क्षेत्रसँगै संस्थाले स्वास्थ्य क्षेत्रमा पनि काम गर्दै आएको छ ।
खोलिएका विभिन्न स्वास्थ्य चौकीबाट हरेक वर्ष चारदेखि पाँच हजार बिरामीले निःशुल्क सेवा पाउनुका साथै रगत फेर्नुपर्ने थ्यालेसिमिया नामक रोगका बिरामीहरूलाई लक्षित गर्दै विगत चार वर्षदेखि उपचार प्रक्रियामा सघाइरहेको छ ।
त्यसैगरी कोरोना महामारीका प्रोजेक्ट लाइफ लाइनअन्तर्गत बिरामीहरूलाई लक्षित गर्दै संस्थाले लगभग ३५ लाख रुपैयाँबराबरको ३५ भिप्याप मेसिन विभिन्न अस्पताललाई हस्तान्तरण गरेको थियो ।









प्रतिक्रिया