आइतबार, पुष ६, २०८२

गुराँस लाइफले दियो ११ लाखभन्दा बढी रकमको मृत्यु दाबी भुक्तानी

नेपालखोज २०७९ असार ६ गते १६:२०

काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले धादिङको छत्रे देउराली ४ का बिमित स्व. दिवाकर अधिकारीको मृत्यु दाबीबापतको रकम उनका इच्छाइएको व्यक्ति कुमार अधिकारीलाई भुक्तानी गरेको छ ।

कम्पनीको भक्तपुर शाखाका प्रमुख शोभा महतले मृत्यु दाबी बापतको चेक कुमारलाई हस्तान्तरण गरेकी हुन् । स्व. दिवाकरले चलाएको मोटरसाइकललाई टिपरले ठक्कर दिदा सख्त घाइते भई उपचारका क्रममा मृत्यु भएको थियो । दिवाकरले पाँच लाख रुपैयाँको गुराँस सर्वाधिक जीवन बिमा गरेका थिए ।

दिवाकरका हकवाला दाइ कुमारलाई कम्पनीले मृत्यु दाबीबापत बिमांक रकम, दुर्घटना रक्षावरण लाभ रकम र आर्जित बोनस गरी ११ लाख ६७ हजार रुपैयाँको चेक हस्तान्तरण गरेको हो ।

शाखा प्रमुख शोभा महतले जीवन बिमा बचत मात्र नभई आर्थिक क्षतिविरुद्धको सुरक्षा पनि भएकाले जीवन बिमा सबैका लागि अपरिहार्य रहेको बताइन् ।

प्रतिक्रिया