अमेरिकन चेम्बर अफ कमर्सद्वारा समितिलाई वकालत नीति, अर्थ र नेटवर्किङमा विभाजन गरियाे

काठमाडौं । नेपालमा रहेको अमेरिकन चेम्बर अफ कमर्सले यस हप्ता सदस्यहरुका लागि काठमाडौंमा एक कार्यक्रमको आयोजना गरेको थियो । कार्यक्रममा अध्यक्ष अजित शाहले नोभेम्बरमा एमच्यामको औपचारिक स्थापनादेखि हालसम्मका उपलब्धिहरुबारे चर्चा गरेका थिए ।
यस चेम्बरमा अहिले २८ सदस्यसहित तीन समितिहरु छन् । समितिहरु निर्धारण गर्न एमच्यामले सदस्य र सम्भावित सदस्यहरु बीच सर्वेक्षण गरेको थियो । प्रतिक्रियाको आधारमा समितिलाई वकालत र नीति, अर्थ र नेटवर्किङमा विभाजन गरिएको छ ।
समितिले अब विभिन्न समस्याहरुलाई सम्बोधन गर्न र अमेरिकी र नेपाली कम्पनीहरु बीचको सम्बन्धलाई सहज बनाउन काम गर्नेछ जसले गर्दा स्थानीय कम्पनीले अमेरिकी कम्पनीहरुसँग काम गर्दै आफ्नो व्यवसाय विस्तार गर्न र अमेरिकी कम्पनीलाई नेपालमा लगानी गर्ने अवसरबारे चेतना अभिवृद्धि गर्न सक्नेछन् ।
अमेरिकन चेम्बर अफ कमर्स नेपालमा सञ्चालित अमेरिकी व्यापारिक संस्थाहरुको एक संगठन हो । थप जानकारीको लागि तपाईंले एमच्यामको वेबसाइटमा इमेल गर्न सक्नुहुन्छ ।








प्रतिक्रिया