नबिल बैंकको कामु प्रमुख कार्यकारीमा शाक्य
नेपालखोज
२०७९ असार ८ गते १४:०३

काठमाडौं । नबिल बैंकको कायम मुकायम प्रमुख कार्यकारी अधिकृतमा सुजीतकुमार शाक्य नियुक्त भएका छन् ।
बैंक सञ्चालक समितिको यही असार ६ गते मंगलबार बसेको बैठकले शाक्यलाई कामु प्रमुख कार्यकारीमा नियुक्त गरेको हो ।
यसअघि बैंकको प्रमुख कार्यकारी अधिकृतकामा अनिलकेशरी शाह थिए । उनको कार्यकाल मंगलबारदेखि नैं सकिएपछि बैंकले शाक्यलाई कामु प्रमुख कार्यकारीको जिम्मेवारी सुम्पेको हो ।
सम्बन्धित








प्रतिक्रिया