आइतबार, पुष ६, २०८२

वीरेन्द्रनगरमा बर्डफ्लु देखियाे

नेपालखोज २०७९ असार ९ गते ११:०८

सुर्खेत । सुर्खेतकाे वीरेन्द्रनगर नगरपालिका ३ तातापानीकाे एक पंक्षी फर्ममा बर्डफ्लु देखिएको छ । वीरेन्द्रनगर–३ का कृषक टेकराज आचार्यको फर्ममा पालेका टर्कीमा बर्डफ्लु देखिएको प्रदेश पशुपंक्षी निर्देशनालयले पुष्टि गरेकाे छ ।

एक सयवटा भन्दा बढी टर्की मरेपछि परीक्षणका लागि नमुना काठमाडाैं पठाइएको थियो । बाक्लो वस्ती भएकाले त्रास फैलन सक्ने भन्दै राति आठ बजेपछि मात्रै पंक्षी नष्ट गर्न टोलीलाई निर्देशन दिएकाे पशुपंक्षी निर्देशनालय कर्णाली प्रदेशका निमित्त प्रमुख मोहन गिरीले जानकारी दिए । बर्डफ्लु फैलिएको फर्ममा साना–ठूला गरी झन्डै एक हजार पाँच सयवटा बढी टर्की छन् । 

प्रतिक्रिया