आइतबार, पुष ६, २०८२

‘क्यूआर डे विथ आईएमई पे’अफर सार्वजनिक

नेपालखोज २०७९ असार १० गते १२:११

काठमाडौं । आईएमई ग्रुपद्वारा सञ्चालित आईएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवर्द्धित ‘आईएमई पे’ ले प्रयोगकर्ता माझ ‘क्यूआर डे विथ आईएमई पे’ अफर सार्वजनिक गरेको छ । यस अफर अन्तर्गत सबै प्रयोगकर्ताहरूले कुनै पनि क्यूआर पेमेन्ट आईएमई पे एपमार्फत भुक्तानी गर्दा दिनभरमा १० प्रतिशत छुट (अधिकतम एक सय रुपैयाँसम्म) प्राप्त गर्ने व्यवस्था मिलाइएको कम्पनीले जानकारी दिएको छ ।

आईएमई पेले यस अफर ल्याउनको मुख्य उद्देश्य आफ्ना नियमित र सम्भावित ग्राहकलाई आईएमई पे एप डाउनलोड गरी डिजिटल भुक्तानी माध्यममा परिणत हुन प्रोत्साहन गर्नेछ । उक्त अफर असार १० गते शुक्रबार एक दिनका लागि मात्र मान्य हुनेछ । अफरअन्तर्गत पहिलो २५ सय सेवाग्राहीले मात्र क्यासब्याक पाउनेछन् भने पियर्स टु पियर्स क्यूआर ट्रान्जेक्सनमा यो अफरअन्तर्गतको क्यासब्याक प्राप्त गर्न सक्दैन ।

आईएमई पे नेपालकै अग्रणी फिनटेकमध्ये एक हो जसले डिजिटल वालेटका सबै सुविधाका साथै अन्य आर्थिक लाभहरू प्रदान गरिरहेको छ । वित्तीय समावेशीताको सामूहिक लक्ष्यका साथ आईएमई पे आफ्ना सेवाहरू एक सरल तर प्रभावकारी एपमार्फत देशका हरेक कुना-कुनामा उपलब्ध गराउनमा केन्द्रित छ ।

आईएमई पेको बारेमा :
नेपालको पहिलो भुक्तानी सेवा प्रदायक आईएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवद्र्धित आईएमई पे मोबाईल वालेट एप एक विद्युतीय भुक्तानी सेवा प्रदायक हो । ‘आईएमई पे’ आईएमई ग्रुपको डिजिटल वित्तिय सेवा प्रदायकअन्तर्गतको एक उत्पादन हो । नेपाल राष्ट्र बैंकको भुक्तानी तथा फर्छ्योट्ट विनियमावली-२०७२ बमोजिम आईएमई डिजिटलले दूरसञ्चार सन्जालको माध्यमबाट मोबाइल वालेट सेवा प्रदान गर्ने पहिलो कम्पनी हो ।

आईएमई पे मोबाईल वालेटमार्फत सेवाग्राही आफैंले अथवा एजेन्टमार्फत विभिन्न किसिमको भुक्तानी कार्य गर्न सक्नेछन् । यसले व्यक्तिबीच हुने सामान्य रकम ट्रान्सफर गर्ने सुविधादेखि विभिन्न अनलाइन तथा स्थलगत स्टोरमा क्यूआर स्क्यान गरी भुक्तान गर्ने, मोबाइल रिचार्ज गर्ने र विभिन्न घरायसी तथा कार्यालयका बिल भुक्तान गर्न मिल्ने सेवा प्रदान गर्दै आइरहेको छ । यस मोबाइल वालेटमा ब्याज तथा विभिन्न क्यासब्याकको पनि सुविधा उपलब्ध छ ।

आईएमई डिजिटल सोलुसनले बैंकको सुविधाबाट वञ्चित नेपाली तथा न्यून बैंकिङ सुविधा प्राप्त सम्पूर्ण सर्वसाधारण जनतालाई वित्तीय सेवाको पहुँच उपलब्ध गराएर नेपालको वित्तिय समावेशीकरणमा योग्दान पुर्याउने लक्ष्य लिएको छ । २० लाखभन्दा बढी ग्राहकलाई सीधै मोबाइल वालेट एप तथा एजेन्टहरूमार्फत आईएमई पेले विद्युतीय भुक्तानी सेवा प्रदान गर्न सफल भएको छ ।

प्रतिक्रिया