इन्धनको मूल्य घटेपछि सार्वजनिक यातायातको भाडा ७ प्रतिशतसम्म घट्यो (सूचीसहित)
नेपालखोज
२०७९ असार १२ गते १३:३६

काठमाडौं । इन्धनको मूल्य घटेसँगै सार्वजनिक यातायातको भाडा पनि ७ प्रतिशतसम्मले घटेको छ ।
यातायात व्यवस्था विभागले आइतबार सूचना जारी गर्दै अन्तरप्रदेश यात्रुवाहक तथा मालवाहक यातायातमा भाडा अधिकतम ७ प्रतिशतसम्म भाडा घटाएको जनाएको छ ।
सरकारले शनिबार पेट्रोल प्रतिलिटर २० रुपैयाँ तथा डिजेल/मट्टितेलमा २९ रुपैयाँ घटाएको थियो । हाल पेट्रोल प्रतिलिटर १७९ रुपैयाँ र डिजेल/मट्टितेल प्रतिलिटर १६३ रुपैयाँ कायम भएको छ । सरकारले इन्धनको मूल्य घटाएसँगे सार्वजनिक यातायातको भाडा समायोजन भएको हो ।
विभागका अनुसार अन्तरप्रदेश सार्वजनिक यात्रुवाहक सवारीसाधनमा ५.४१ प्रतिशतसम्म भाडा घटेको छ । त्यस्तै पहाडी बाटोमा चल्ने मालवाहक सवारीसाधनमा ६.९७ तथा तराईमा चल्ने मालवाहक सवारीसाधनमा ७.६८ प्रतिशत भाडा घटेको विभागले जनाएको छ ।
नयाँ भाडादर :
सम्बन्धित
प्रतिक्रिया