सतर्कता अपनाऔं : उपत्यकामा ९ जनामा हैजा पुष्टि
नेपालखोज
२०७९ असार १२ गते १७:३७

काठमाडौं । उपत्यकामा नौजनामा हैजा भएको पुष्टि भएको छ । विभिन्न स्थानका ९ जनालाई आइतबार हैजा पुष्टि भएको इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।
काठमाडौंका डिल्लीबजार, बागबजार, कपन, थानकोटलगायत स्थानमा हैजा देखिएको र ललितपुरको सानेपामा पनि बिरामी भेटिएका छन् । असार २ गते टेकु अस्पतालमा भर्ना भएका दुई बिरामीमा परीक्षण गर्दा हैजाको जीवाणु फेला परेको थियो । पछि परीक्षण गर्दा बागबजारको पानीमै हैजाको जीवाणु भेटिएको थियो ।
जनस्वास्थ्यविद्हरुले संक्रमणको स्रोत पत्ता नलाग्नु वा धेरै स्थानमा हैजाका बिरामीका देखापर्नु हैजा महामारीकै रुपमा फैलनसक्ने पूर्वसंकेत देखिएको जनाएका छन् ।
सम्बन्धित
प्रतिक्रिया