मंगलबार, असार १२, २०८१

आई.एम.ई लाइफ इन्स्योरेन्सले ल्यायो, ‘बालकिरण जीवन बिमा योजना’

नेपालखोज २०७९ असार १२ गते १७:५१

काठमाडौं । स्थापनाकालदेखि निरन्तर बजार हिस्सा बढाउँदै आएको आई.एम.ई लाइफ इन्स्योरेन्स कम्पनीले आईएमई बालकिरण जीवन बिमा योजना ल्याएको छ । यो योजना बिमितहरुमाझ लोकप्रिय हुँदै आएको । पछिल्लो समयमा उल्लेख्य संख्यामा बिक्री हुने बिमालेख पनि यही भएको कम्पनीले विज्ञप्तिमार्फत जनाएको छ ।

बच्चाको जन्मलगत्तै लिन सकिने यो बिमा योजनामा बालबालिका तथा अभिभावक दुवैको पूर्ण अवधिका लागि अधिकतम जोखिम रक्षावरणसहित चौथो वर्षदेखि नै प्रत्येक वर्ष बिमा रकम फिर्ता हुँदै आउँछ । यसरी प्रत्येक वर्ष फिर्ता हुने रकमले अभिभावकहरुलाई बच्चाको विद्यालय भर्ना तथा अध्ययन खर्चमा सहयोगी भूमिका खेल्ने कुरा कम्पनीका प्रमुख कार्यकारी अधिकृत कवि फुयाँलले जनाएका छन् ।

खासगरी अभिभावक तथा नव अभिभावकका लागि अत्यन्त उपयुक्त तथा सहज यस बिमा योजनामा आफ्नो आवश्यकता अनुसारको बिमा अवधि छनोट गर्न सकिने, दुर्घटना तथा बिरामीको थप जोखिम वहन हुने तथा एउटै बिमामा दोहोरो जीवनको बिमा हुने जानकारी पनि उनले दिए ।

प्रतिक्रिया