एनआईसी एशियाको मोबाइल बैंकिङ एपमार्फत एयरलाइन्स टिकटमा २० प्रतिशत ‘क्यास ब्याक’

काठमाडौं । डिजिटल बैंकिङमा अग्रणी स्थानमा रही नवीनतम् प्रविधिद्वारा बैंकिङ सेवा प्रदान गर्दै आइरहेको एनआईसी एशिया बैंकले डिजिटल बैंकिङको प्रवर्द्धन गर्न मोबाइल बैंकिङ एपमार्फत विभिन्न एयरलाइन्सको टिकट बुकिङमा २० प्रतिशतसम्म क्यास ब्याक हुने आकर्षक योजना सार्वजनिक गरेको छ ।
बैंकले यही असार १२ देखि असार १८ गतेसम्म लागु हुने गरी ल्याएको यो योजनामा बैंकका ग्राहकले एनआईसी एशियको मोबाइल बैंकिङ प्रयोग गरी टिकट बुकिङ तथा खरिद गर्न सक्नेछन् । डिजिटल बैंकिङको अवधारणाअनुरूप एनआईसी एशिया मोबाइल बैंकमार्फत टिकट बुकिङमा ग्राहकले पहिलो टिकट बुकिङमा पाँच सय रुपैयाँ वा अधिकतम एवं दोस्रो पटकबाट एक सय रुपैयाँसम्म क्यास ब्याक प्राप्त गर्न सक्नेछन् ।
‘डिजिटल फर्स्ट बैंक’ बन्ने दीर्घकालीन रणनीतिअनुरुप सम्पूर्ण बैंकिङ सेवा क्रमिक रूपले डिजिटल माध्यमबाट प्रदान गर्ने हेतुले बैंकले पछिल्लो समय ग्राहकलाई जुनसुकै स्थानबाट, जुनसुकै समयमा बैंकिङ सेवाहरू उपभोग गर्न मिल्ने गरी सेल्फ हेल्प बैंकिङको अभ्यासलाई आईसर्भमार्फत अघि बढाइरहेको छ ।
जसअनुसार बैंकले यो एपबाट निक्षेप खाताको जानकारी, एकाउन्ट स्टेटमेन्ट, रकम ट्रान्सफर, आन्तरिक रेमिट्यान्स, अनलाइन खाता खोल्ने, मुद्दती निक्षेप खोल्ने, बैंकका शाखा तथा एटीएमको जानकारी, मोबाइल टपअप, युटिलिटी बिल भुक्तानी, आईपीओ आवेदनलगायत सुविधा ग्राहकले जुनसुकै स्थानबाट, जुनसुकै समयमा उपभोग गर्न सक्नेछन् ।
बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंकप्रतिको भरोसाले गर्दा बैंकले मुलुकभर रहेका तीन सय ५९ शाखा कार्यालय, चार सय ७३ एटीएम, एक सय दुईवटा विस्तारित काउन्टर एवं ८१ शाखारहित बैंकिङमार्फत बैंकिङ सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सन्जाल भएको बैंक हुन पुगेको छ ।
देशको कुल जनसंख्यामध्ये २० वर्षदेखि ५० वर्ष उमेर समूहसम्मको आर्थिक रूपमा सक्रिय जनसंख्याको करिब २५ प्रतिशत जनतालाई यस बैंकमार्फत सेवा दिन बैंक सफल भएको छ । उत्तरदायी बैंकिङको अभ्यास गर्दै आएको यस बैंकले प्रत्यक्ष र अप्रत्यक्ष गरी गत आर्थिक वर्षमा करिब तीन अर्ब १६ करोडभन्दा बढी राजस्व नेपाल सरकारलाई भुक्तानी गरिसकेको छ ।
जुन मुलुकको वाणिज्य बैंकहरूमध्ये दोस्रो धेरै एवं समग्र देशको अन्य कम्पनीको तुलनामा छैटौं ठूलो योगदान छ । वित्तीय समावेशीकरणका लागि मुगु, कालीकोट, बझाङ, रूकुम, जुम्ला, सल्यानजस्ता बैंक तथा वित्तीय संस्थाको उपस्थिति न्यून रहेका दुर्गम जिल्लामा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरू नपुगेको ३४ भन्दा बढी स्थानीय निकायमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ ।
देशको कुल जनसंख्याको ८० प्रतिशतभन्दा बढी बसोबास गर्ने ग्रामीण तथा साना सहरी क्षेत्रमा बैंकले आफ्ना ७२ प्रतिशत शाखा कार्यालय स्थापना गरेको छ ।








प्रतिक्रिया