बुधबार, पुष २, २०८२

पर्यटन प्रवर्द्धनका लागि फोटो प्रतियोगिता हुने

नेपालखोज २०७९ असार १८ गते ८:४५

काठमाडौं । पर्यटन क्षेत्र तथा ओझेलमा रहेको पर्यटकीय स्थलका पर्यटन प्रवर्धन गर्नका लागि फोटो प्रतियोगिता हुने भएको छ ।
कोभिड महामारीले तहस नहस पारेको पर्यटनलाई पुनर्स्थापित गर्नका लागि फोटोको माध्यमबाट देशै भरीका पर्यटकीय गन्तव्यलाई प्रवर्द्धन गर्न प्रतियोगिता आयोजना गरेको संयोजक देवेन्द्रबहादुर शाहीले बताए ।

नेपाल पर्यटन बोर्डको सहकार्यमा अठोट नेपालले आयोजना गरेको प्रतियोगितामा सातै प्रदेशका फोटोग्रफरलाई प्रोत्साहन गर्न र उनीहरूको क्षमतालाई उजागर गरिने संयोजक शाहीको भनाइ छ ।

प्रतियोगिमा चार वटा विधामा प्रतिस्पर्धा गर्न सकिनेछ ।जसमध्ये नेचर , कल्चर, लाइफस्टाइल, र वाइल्डलाइफ रहेको छ । प्रत्येक विधामा ५०/५० हजार नगद पुरस्कार को घोषण गरिएको छ । साथै चारमध्ये एक उत्कृष्टलाई से फोक्सुन्डोको फोटोग्राफी टुर प्याकेजसमेत रहेको छ ।

प्रतियोगितामा प्रत्येक प्रदेश बाट ७/७ फोटो छनोट गरी जम्मा ४९ र बाँकी चार विधाबाट ४ गरेर जम्मा ५३ फोटोहरूलाई नेपालको पर्यटन प्रवर्द्धनका लागि सात प्रदेशमा तस्वीरहरु प्रदर्शन गरिने संयोजक शाहीले बताए ।

यो प्रतियोगितामा भदौ ३ गते अर्थात वर्ल्ड फोटोग्राफि डे को दिन एक कार्यक्रमका बीच उत्कृष्ट घोषणा गरिनेछ ।

प्रतिक्रिया