सिभिल बैंकको ९९औं एटीएम पोखराको लेकसाइडमा
नेपालखोज
२०७९ असार १९ गते १०:४१

काठमाडौं । समृद्धिका लागि सिभिल बैंक भन्ने नाराका साथ अगाडि बढिरहेको सिभिल बैंकले पोखराको लेकसाइडमा नयाँ एटीएम सञ्चालनमा ल्याएको छ । उक्त एटीएमको उद्घाटन बैंकका अध्यक्ष प्रतापजंग पाण्डेले गरे ।
उक्त एक्सटेन्सन काउन्टरको उद्घाटन समारोहमा बैंकका सञ्चालक समिति सदस्यहरु अम्वीर बोगटी, भीमानन्द ढुंगाना, प्रमुख कार्यकारी अधिकृत सुनील पोखरेल, बैंकका चिफ बिजनेस डिपोजिट तथा ट्रान्जेक्सन बैंकिङ भोलाबहादुर विष्ट, गण्डकी प्रदेशका प्रमुख समीर केसीलगायतको उपस्थिति थियो ।
हालसम्म ९२ अर्ब रुपैयाँभन्दा बढी निक्षेप परिचालन गरी करिब ८८ अर्ब रुपैयाँ कर्जा लगानी गरिसकेको सिभिल बैंकको यस एटीएमसहित ९९ वटा पुगेको छ ।
सम्बन्धित








प्रतिक्रिया