उपत्यकामा सिटिजन्स बैंकका ३ शाखा थपिए

काठमाडौं । १५ वर्षदेखि अनवरत रूपले सर्वसुलभ र सुरक्षित बैंकिङ सेवा पुर्याउँदैै आएको सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले १७५औं, १७६औं तथा १७७औं शाखा काठमाडौंको ठूलो भर्याङ, थली र बूढानीलकण्ठमा सञ्चालनमा ल्याएको छ । यससँगै काठमाडौं उपत्यकाभित्र यसको ३२ शाखा सञ्चालनमा छन् ।
सुविधा सम्पन्न यस शाखामार्फत ग्राहकको वित्तीय आवश्यकता पूरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैंकिङ सेवा प्रदान गर्नुका साथै साना तथा कर्पोरेट व्यवसायीमाझ वित्तीय पहुँच पुर्याउने लक्ष्य बैंकले राखेको छ । सुविधाजनक बचत खाता योजना, मुद्दती निक्षेप योजना, लकर सेवा, एटीएम सेवा, घर तथा सवारी कर्जा, साना व्यवसायी कर्जालगायत वित्तीय सेवा छिटो, छरितो, चुस्त–दुरुस्त ग्राहकलाई प्रदान गर्ने प्रतिबद्धता बैंकले जनाएको छ ।
साथै ग्राहकको वित्तीय आवश्यकता सरल र सहज तवरले प्रवाह होस् भन्ने अभिप्रायका साथ बैंकले हालसालै काठमाडांैको नारायणगोपाल चोक, नवलपरासीको अमरापुरी, रूपन्देहीको बाँसगढी र हुम्लाको सिमिकोट शाखा गरी चारवटा शाखा स्थानान्तरण गर्ने कार्यसमेत सम्पन्न गरिसकेको छ ।
आफ्ना ग्राहकको वित्तीय आवश्यकता सुरक्षित तवरले प्रदान गर्ने अभिप्रायका साथ यसअघि नै बैंकले कियोस्क, ईकेवाईसी तथा नागरिक एपमार्फत अनलाइन खाता खोल्न सक्नेजस्ता सुविधाको सुरुवात गरिसकेको छ । साथसाथै, यस बैंकका ग्राहकको बैंकसम्बन्धी जिज्ञासा तथा समस्याको छिटो समाधान प्राप्त होस् भन्ने उद्देश्यले ग्राहक सहायता केन्द्रको स्थापनासमेत गरिसकेको छ । जसबाट बैंकका ग्राहक सेवा प्रतिनिधिहरुसँग सम्पर्क गरी आफ्ना बैंकिङसम्बन्धी जिज्ञासा तथा समस्याको समाधान शाखामा उपस्थित नभईकन ०१–५९७००६८ नम्बरमा फोन गरी तथा ईमेल गरी प्राप्त गर्न सक्नेछन् ।
यस प्रकारको सेवाबाट बैंकका ग्राहकले सहज रूपमा सेवा प्राप्त गरी लाभान्वित हुने तथा डिजिटल बैंकिङ सभ्यताको विकास हुने विश्वास बैंकले लिएको छ । बैंकले देशैभर फैलिएका एक सय ७७ शाखा, एक सय २९ वटा एटीएम र ९६ शाखारहित बैंकिङ एकाइबाट करिब १४ लाख ग्राहकलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।








प्रतिक्रिया