आइतबार, वैशाख २८, २०८२

नेपाल र क्यानडाबीचको पहिलो एक दिवसीय आज 

नेपालखोज २०७९ असार २१ गते ७:१३

काठमाडाैं । आईसीसी विश्वकप लिग ‘टू’को तयारीमा रहेको नेपालले आज क्यानडासँग एक दिवसीय क्रिकेट खेल्दै छ ।

अमेरिकाबाट सिरिज खेलेर नेपाल आए लगत्तै स्कटल्याण्डमा आयोजना हुन लागेको अर्को एक दिवसीय सिरिजका तयारीका लागि नेपाली टिम अहिले क्यानडामा रहेको छ ।

आज क्यानडाको राष्ट्रिय टिमसँग पहिलो एक दिवसीय अभ्यास खेल खेल्न लागेको हो । क्यानडासँगको भोलि अर्को एक दिवसीय खेलने छ । नेपाल र क्यानडाबीचको पहिलो एक दिवसीय क्रिकेट आज राति पौने १० बजे सुरु हुने छ ।  

नेपालविरुद्धको एक दिवसीय क्रिकेटका लागि क्यानडाले सोमबार टिम घोषणा गरिसकेको छ । क्यानडासँगको सिरिजपछि नेपाली टोलीले स्कटल्याण्डमा  नामेवियासँग त्रिकोणात्मक एक दिवसीय खेल्ने छ ।

प्रतिक्रिया