मंगलबार, पुष १, २०८२

वृद्धाश्रममा सहयाेग गर्दै अजोड इन्स्योरेन्सले मनायाे वार्षिक साधारण सभा

नेपालखोज २०७९ असार २१ गते १९:१२

काठमाडौं । अजोड इन्स्योरेन्स लिमिटेडले मंगलबार आफ्नो चौंथो वार्षिक साधारण सभा सम्पन्न भएको छ । सो अवसरमा रक्तदान जीवनदान भन्ने मुल नाराका साथ नेपाल रेडक्रस सोसाइटीको सहकार्यमा रक्तदान कार्यक्रम आयोजना गरेकोमा ३३ जना दाता व्यक्तिहरुले रक्तदान गरेका छन् ।

सोही अवसरमा संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत काठमाडाैं जिल्ला टोखा नगरपालिका वडा नं. ९, गोंगबु स्थित हिमालयन वृद्धा आश्रममा आश्रित ४३ (त्रिचालिस) जना वृद्ध तथा वृद्धाहरुको लागि खाद्यान्न सहयोग कार्यक्रममा प्रमुख अतिथी टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारी र संस्थाका प्रमुख कार्यकारी अधिकृत कुमार बहादुर खत्रीले संयूक्त रुपमा बृद्घा आश्रमकी अध्यक्ष सरला पन्थीलाई खाद्यान्न हस्तान्तरण गरेका छन् ।

कार्यक्रममा अतिथी उपप्रमुख मुरारी तामाङ र अतिथी वडा नंं ९ का वडाअध्यक्ष राम भक्त घिमिरे, आश्रमका अन्य संचालक तथा अजोड इन्स्योरेन्स लिमिटेडका कर्मचारीहरुको उपस्थिती रहेको थियो । वि. सं २०७५ असार २१ गते देखि आफ्नो व्यवसायिक कारोवार सुरु गरी हालसम्म कम्पनीले बिमा व्यवसाय अभिवृद्घिका लागि देशभर आफ्नो शाखा सञ्जाल विस्तार गरी प्रधान कार्यालय लगायत सातवटा प्रादेशिक कार्यालय, २९ वटा शाखा, २५ वटा उपशाखा कार्यालयहरु, ११ बिमा काउण्टर र तीनवटा तेश्रो पक्ष बिमा काउण्टरहरुबाट सेवा प्रदान गर्दै आइरहेको छ ।

हालसम्म कम्पनीमा तीन सय २३ जना कर्मचारी कार्यरत रहेका छन भने आधारभुत निर्जीवन बीमा अभिकर्ता चार सय ५९ जना, कृषि तथा पशुपन्छी बीमा अभिकर्ता तीन सय १७ जना कृषि तथा पशुपन्छी क्षती मूल्याङ्गकनकर्ता ३९ जना र एक सय २२ जना बीमा सर्भेयरहरु सूचिकृत रहेका छन् ।

त्यसैगरी कम्पनीले आ.व. २०७८।०७९ को आषाढ २० सम्ममा एक लाख २२ हजार नौं सय ६५ बिमालेख जारी गरी कुल बिमा शूल्क एक अर्ब ५६ करोड आर्जन गरेको साथै कुल दाबी भुक्तानी संख्या पाँच हजार २६ मार्फत कुल दाबी भुक्तानी रकम ७१ करोड ५८ लाख भुक्तनी गरिसकेको छ । कम्पनीको चुक्ता पुँजी एक अर्ब भएको जगेडा तथा कोषमा १३ करोड ९५ लाख र बिमा कोषमा १५ करोड ९२ लाख संचित गरी सम्पूर्ण बिमितहरुको विश्वास जित्न सफल भएको छ ।

प्रतिक्रिया