किन गरिन्छ दीप प्रज्वलन ?

हिन्दु धर्ममा देवी-देवताको पूजाका लागि दीप प्रज्वलन गरिन्छ । दीप प्रज्वलन नगरी भगवान्को पूजा पूरा नहुने जनविश्वास रहेको छ । तर दीप प्रज्वलन गर्दा केही कुरामा ध्यान दिन सकेन भने घरबाट सुख शान्ति हराउन सक्छ । आउनुहोस् दीप प्रज्वलन गर्दा के-के कुरामा ध्यान दिनुपर्छ जानौं ।
१. बिर्सिएर पनि फुटेको दियो कहिले पनि जलाउनु हुँदैन किनकी फुटेको दियोलाई धार्मिक कार्यमा अशुभ मानिन्छ । पूजा गर्दा सफा र सही दियोको प्रयोग गर्नुहोस् ।
२. धार्मिक मान्यता अनुसार पूजाको समयमा भगवान्को अगाडि बायाँतर्फ घ्यूको दियो र दाहिने हातमा तेलको दियो राख्नुपर्छ ।
३. यदि घ्यूको दियो बाल्दै हुनुहुन्छ भने सेतो कपासको प्रयोग गर्नुहोस् र तेलको दियो बाल्दै हुनुहुन्छ भने रातो धागोको बत्ती प्रयोग गर्नुहोस् ।
४. दियो राख्ने दिशालाई पूर्व मानिन्छ भने दियो पश्चिम दिशामा राख्नाले व्यर्थ खर्च बढ्छ । पितृको लागि दक्षिण दिशामा दीप प्रज्वलन गरिन्छ ।
५. बिहानको पूजामा एकाग्रता रहन्छ । त्यसैले बिहान पाँच बजेदेखि १० बजेसम्म पूजा गर्ने उपयुक्त समय हो । साँझको पूजाको लागि उत्तम समय पाँच र सातको बीचमा मानिन्छ ।
६. बेलुकी घरको मुख्य ढोकामा जमिनमा नभई दियोलाई चामल वा अन्य चीजहरूमा राख्नुहोस् ।
७. दियो जलाएपछि तुरुन्तै निभाउनु हुँदैन, त्यसैले यसलाई हावाबाट बचाएर जलाउनुहोस् ।
८. एउटा दियोबाट अर्को दियोमा कहिले पनि दियो जलाउनु हुँदैन, सधैं छुट्टै बत्ती बाल्नुहोस् ।
९. हरेक दिन बिहान बेलुका दीप प्रज्वलन गर्नाले घरमा सकारात्मक उर्जाको प्रवाह रहन्छ र नकारात्मक उर्जा टाढा रहनुका साथै घरमा सुख, शान्ति र समृद्धि कायम रहन्छ ।
१०. जतिबेला दियो जलाउनुहुन्छ, घ्यूको दियो पानीको भाँडो नजिक राख्नुहुन्छ, यसले घरमा धन वृद्धि हुन्छ र स्वास्थ्य समस्या पनि हट्छ ।
प्रतिक्रिया