सोमबार, वैशाख २४, २०८१

बाजुराको बूढीगंगा नगरपालिकामा मतगणना जारी

नेपालखोज २०७९ असार २४ गते १२:०३

बाजुरा । बूढीगंगा नगरपालिकामा मतगणना जारी छ । बिहीबार भएको चुनावको मतगणना आजदेखि सुरु भएको हो । यस नगरपालिकामा ९ हजार १ सय २८ (६६ दशमलव ८३ प्रतिशत) मत खसेको थियो । १३ हजार ६ सय ५९ जना मतदातामध्ये ६६ दशमलव ८३ प्रतिशत मत खसेको निर्वाचन आयोगले जनाएको छ ।

गएको वैशाख ३० गते नै यस स्थानीय तहको निर्वाचन भए पनि एक पक्षले बुथ कब्जा गरेपछि विरोध भएको थियो । यस नगरपालिकामा बिहीबार पुनः मतदान भएको हो । हिजो पनि कांग्रेस र एमालेका कार्यकर्ताबीच विवाद भएपछि केहीबेर मतदान स्थगित भएको थियो । स्थिति नियन्त्रण लिन प्रहरीले हवाइफायर पनि गरेको थियो ।

प्रतिक्रिया