बिहीबार, पुष ३, २०८२

राष्ट्रपति भण्डारीले गरिन् दुईवटा विधेयक प्रमाणीकरण

नेपालखोज २०७९ असार २४ गते १२:२६

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आज (शुक्रबार) दुईवटा विधेयक प्रमाणीकरण गरेकी छन् । बिरुवा संरक्षण ऐन, २०६४ लाई संशोधन गर्न बनेको विधेयक र बीउ बिजन ऐन, २०४५ लाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण गरेकी हुन् ।

संघीय संसदको दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणको लागि पेस हुन आएका विधेयकहरू उनले प्रमाणीकरण गरेको राष्ट्रपतिको सचिवालयले जनाएको छ । राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम ती विधेयकलाई प्रमाणीकरण गरेकी हुन् ।

प्रतिक्रिया