एनआईबीएल एस क्यापिटल र उपाय बिजनेस सोलुसनबीच सम्झौता

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको पूर्ण स्वामित्वमा रहेको एनआईबीएल एस क्यापिटल लिमिटेड र उपाय बिजनेस सोलुसन प्रा. लि बीच दिइरहेको सेवाहरुमा समन्वय गरेर दुबै संस्थाका ग्राहकहरु लाभान्वीत हुने गरी सहकार्य गर्ने समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
समझदारी पत्रमा एनआईबिएल एस क्यापिटल लिमिटेडको तर्फबाट नायब महाप्रबन्धक सचिन्द्र ढुंगाना र उपाय बिजनेस सोलुसन प्राइभेट लिमिटेडको तर्फबाट महाप्रबन्धक राजु के.सीले हस्ताक्षर गरेका हुन ।
सम्झौता पश्चात दुबै संस्थाका ग्राहकहरुको व्यवसायि जटिलताको बृहत रुपमा समस्या समाधान गर्नुका साथै धितोपत्र बजार तथा लगानी सम्बन्धि सम्पूर्ण सेवाहरु समेत प्रभावकारी रुपमा ग्राहकलाई उपलब्ध गराइने भएको छ । भविष्यमा दुबै संस्थाका सहकार्यमा धितोपत्र बजार र लगानी सम्बन्धी सचेतनामूलक कार्यक्रमहरु पनि विभिन्न चरणमा संचालन गरिने समेत जानकारी गराइएको छ ।








प्रतिक्रिया