बिहीबार, पुष ३, २०८२

लुम्बिनी विकास बैंककाे वाार्षिकोत्सवको अवसरमा वृक्षारोपण

नेपालखोज २०७९ असार २४ गते १९:५१

काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडले आफ्नो १५औं वाार्षिकोत्सवको अवसरमा विभिन्न वित्तीय सचेतना सम्बन्धी नाराका साथप्रभातफेरी तथा वृक्षारोपण कार्यक्रमको आयोजना गरेको छ । सो प्रभातफेरी बैंकको कलंकी शाखा कार्यालयदेखि चन्द्रागिरी नगरपालिका वडा नं १३ को कोलचौर, राम मन्दिरसम्म पुगेर सम्पन्न भएको छ ।

साथै, बैंकले चन्द्रागिरी नगरपालिका वडा नं १३ को कोलचौरमा कपुर, कल्की, चाँपलगायत विभिन्न जात–जातीका गरी एक सय वटा बिरुवाहरुको वृक्षारोपण गरेको छ । उक्त बृक्षारोपण कार्यक्रमको शुभारम्भ चन्द्रागिरी नगरपालिका, वडा नं १३ का अध्यक्ष श्रीकृष्ण खत्री तथा बैंकका अध्यक्ष दशरथ रिसालले गरे ।

सो कार्यक्रममा बैंकका सञ्चालक केशब खतिवडा, अन्जु कुमारी गुप्ता लगायत बैंकका ब्यवस्थापन समिति र कर्मचारीहरु समेत बृक्षारोपण कार्यमा सहभागी थिए ।

हाल यस विकास बैंकले सातवटै प्रदेशमा ८६ वटा शाखाहरु मार्फत कारोबार गर्दै आएको छ यस लुम्बिनी विकास बैंक लिमिटेडले ‘निरन्तर सहयात्रा ‘ भन्ने नाराका साथ उच्चस्तरीय, आधुनिक एवं नविनतम प्रविधिहरु सहितको सुरक्षित बैंकिङ सेवा प्रदान गर्दै आईरहेको छ ।

आफ्ना ग्राहकहरुलाई अधिकतम प्रतिफल दिने उद्धेश्यले बैंकले मुद्दती खातामा “मासिक” रुपमा ब्याज प्रदान गर्ने बिशेष योजनासमेत कार्यान्वयनमा ल्याएको छ ।

प्रतिक्रिया