शनिबार, वैशाख २७, २०८२

गोदावरी नदीकिनारमा बालकको शव भेटियो

नेपालखोज २०७९ असार २६ गते ९:०६

धनगढी । कैलालीको गोदावरीमा एक बालकको शव फेला परेको छ । गोदावरी नगरपालिका ३, डमलमा गोदावरी नदी किनारमा अन्दाजी सात वर्षीय बालकको शव फेला परेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार शवको अनुहार नचिनिने, शरीरमा कपडा नभएको अवस्थामा फेला परेको हो ।

शव परीक्षणका लागि सेती प्रादेशिक अस्पताल धनगढीमा पठाइएको र थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले जानकारी दिए ।

प्रतिक्रिया