बेकोको अत्याधुनिक फिचर्ससहितको इन्भटर एयर कन्डिसनर बजारमा

काठमाडौं । नेपाली इलेक्ट्रोनिक्स बजार व्यवसाय क्षेत्रमा लामो समयदेखि नै अनुभवी र विश्वासिलो चौधरी ग्रुपअन्तर्गत सिजी इलेक्ट्रोनिक्सले युरोपियन इलेक्ट्रोनिक्स ब्रान्ड बेकोको अत्याधुनिक फिचर्ससहितको कम बिजुली खाने इन्भटर एयर कन्डिसनर नेपाली बजारमा सार्वजनिक गरेको छ ।
जाडो र गर्मी दुवै मौसममा उपयोगी यो एयर कन्डिसनरमा गो क्लिन, जोनफलो, गोल्ड गार्डजस्ता अत्याधुनिक फिचर्स तथा टेक्नोलोजीहरू रहेका छन् ।
यसको गो क्लिन टेक्नोलोजीले एयर कन्डिसनरमा टाँसिएको धूलो र फोहोरहरू आफैं पखाल्छ जसले गर्दा एयर कन्डिसनरमा ब्याक्टेरिया र ढुसी जम्न दिँदैन, गन्ध घटाउँछ र उपभोक्तालाई ताजा र स्वच्छ हावा प्रवाह गर्छ ।
साथै यसको गोल्ड गार्ड फिचर्सले एयर कन्डिसन उच्च क्षमतामा चलाई लामो समयसम्म टिकाउन मद्दत गर्छ । यसको जोनफलो टेक्नोलोजीले प्रयोगकर्ता बसेको ठाउँको तापक्रम महसुस गर्छ र स्वचालित रूपमा कोठाको तापक्रम समायोजन गर्छ ।
यसको रिमोटमा विशेष सेन्सर हुन्छ जसको प्रयोगले प्रयोगकर्तालाई कोठाको जुनसुकै कुनामा पनि समान तापक्रम महसुस गराउँछ । कम्पनीका अनुसार यो एयर कन्डिसनर नेपाली बजारमा एक टन, १.५ टन र २ टनमा उपलब्ध छ र यसमा १० वर्षको वारेन्टी रहेको छ ।
सिजी इलेक्ट्रोनिक्सले सम्पूर्ण नेपाली ग्राहकलाई सीजी डिजिटल शोरुम तथा आफ्नो फराकिलो विक्रेता सन्जालमार्फत उत्कृष्ट सेवा र अनुभव प्रदान गरिरहेको छ । कम्पनीका सिजी डिजिटल शोरुमहरू काठमाडौंभित्र टंगाल, कुमारीपाटी, भक्तपुर राधे–राधे, कीर्तिपुर, रविभवन, हात्तीगौंडा, त्रिपुरेश्वर, नयाँबजार, वसुन्धारा, जोरपाटी र काठमाडौंबाहिर इटहरी, हेटौंडा, भरतपुरमा छन् ।








प्रतिक्रिया