१७७ जनामा कोरोना, ८७३ सक्रिय संक्रमित
नेपालखोज
२०७९ असार २८ गते १६:३९

काठमाडौं । नेपालमा गत चौबीस घण्टामा जम्मा १७७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरबाट १ हजार ८०५ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा १४४ जनामा संक्रमण पुष्टि भएको छ ।
यस्तै १ हजार ३२१ जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा ३३ जनामा कोरोना संक्रमण देखिएको छ । नेपालमा हाल ८७३ जना सक्रिय संक्रमित छन् ।
त्यस्तै, गत चौबीस घण्टामा थप ४१ जना कोरोना भाइरस संक्रमण मुक्त भई डिस्चार्ज भएका छन् ।योसँगै नेपालमा कोरोना संक्रमण मुक्त भई डिस्चार्ज हुनेको संख्या ९ लाख ६७ हजार ७६५ जना पुगेको मन्त्रालयले जनाएको छ । नेपालमा संक्रमण मुक्त हुनेदर ९८ दशमलव ७ प्रतिशत छ ।
त्यस्तै, गत चौबीस घण्टामा थप ६४ हजार ९०७ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् ।
सम्बन्धित
प्रतिक्रिया