सोमबार, पुष ७, २०८२

केएल दुगड समूहकोे ज्ञान मखाना बजारमा

नेपालखोज २०७९ असार ३० गते २२:३०

काठमाडौं । केएल दुगड समूहले ज्ञान ब्राण्डको नयाँउत्पादन ज्ञान मखाना नेपाली बजारमा ल्याएको छ । केएल दुगड समूहले लोकप्रिय ब्राण्ड ज्ञानको ज्ञान चक्की आटा, ज्ञान मैदा जस्ता लोकप्रिय उत्पादनहरु लामो समयदेखि नेपाली बजारमा उपलब्ध गराउँदै आइरहेको छ ।

खाद्य प्रविधिका निकै अनुभवी र दक्ष विशेषज्ञहरुले विभिन्न तरिकाबाट यसको स्वाद र गुणस्तरको मापन परीक्षण गरी उपभोगको लागि योग्य रहेको ठहराएका छन् । लिली फूलको बीउबाट बनाइने मखाना प्रोटिन र अन्यधेरै पोषक तत्वहरूले भरिपूर्ण रहेको छ ।

उपवासको समयमा बढी उपभोग हुने मखाना दैनिक खाजाकोरूपमा पनि उपभोग गर्न सकिन्छ । मखाना हल्का रोस्ट गरेर अथवा सिधै खान सकिन्छ ।

यो खीर सहित विभिन्न स्वादिष्ट र मिठाई परिकार बनाउन पनि प्रयोग गर्न सकिन्छ । ज्ञान मखाना मुख्य डिपार्टमेन्ट स्टोरहरुका साथसाथै स्थानीय किराना पसलहरुमा २०० ग्राम प्याकमा उपलब्ध छ ।

प्रतिक्रिया