शुक्रबार, पुष ४, २०८२

जडीबुटी बिमा भोलिदेखि

नेपालखोज २०७९ असार ३२ गते १३:२४

काठमाडौं । बिमा समितिले भोलि (साउन १) देखि कृषि, पशुपक्षी तथा जडीबुटी बिमा निर्देशिका, २०७९ जारी गरेको छ ।

यसअघि जारी भएको बिमा निर्देशिका २०७७ भने खारेजी भएको बिमा समितिका कार्यकारी निर्देशक एवं प्रवक्ता राजुरमण पौडेलले जानकारी दिए । नेपाल सरकारले आर्थिक वर्ष ०७९/८० को बजेटमा जडीबुटी खेतीको बिमा गर्ने व्यवस्था गरिने उल्लेख गरेअनुसार समितिले जडिबुटीलाई समेत समावेश गरी सो निर्देशिका जारी गरेको हो ।

निर्देशिकामा बिमा कम्पनीले आफूलाई तोकिएको जिल्लामा कृषि, पशुपक्षी तथा जडीबुटीको बिमा व्यवसाय गर्नुपर्ने, जिल्लास्थित कृषि ज्ञान केन्द्र वा कृषि तथा पशुसेवा कार्यालय नजिकको स्थानमा बिमकले शाखा कार्यालय खोल्नुपर्ने, बिमक आफैंले तयार गरी समितिको स्वीकृतिमा जारी गरेको बिमा लेखको हकमा तथा अनुदान प्राप्त नहुने बिमा लेखको हकमा छोटो अवधिका लागि बिमा लेख जारी गर्न सक्ने र कृषि, पशुपक्षी तथा जडीबुटी बिमा सामूहिक रुपमा गर्न सकिने व्यवस्था रहेको छ ।

प्रतिक्रिया