नेपाली यू-२० राष्ट्रिय टोली घोषणा ! (नामसहित)

काठमाडौं । नेपाली यू-२० राष्ट्रिय टोलीको अन्तिम घोषणा भएको छ । मुख्य प्रशिक्षक मेघराज केसीले जुलाई २५ देखि अगस्त ३ सम्म भारतमा हुने साफ यू-२० च्याम्पियनसिपका लागि खेल्ने टोलीको घोषणा सोमबार गरेका हुन् ।
नेपाली टोलीमा ईश्वर गुरुङ, उनेश चौधरी, जियारथ सेख गोलकिपरका रुपमा चयन भएका छन् । यस्तै टोलीको डिफेन्डरमा अमर श्रेष्ठ, सोनित दाहाल, आयुष श्रेष्ठ, अजय चौधरी, सुमित श्रेष्ठ, सिर्जन धामी, रोशन थापा, अभिषेक वाइबा परेका छन् ।
मिडफिल्डरमा भने दिपेश गुरुङ, आशिष राई, सन्दीप कार्की, जन्मजय धामी, मोहित गुरुङ, कृतिशरत्न छिन्जू, सुगम सुवाल, मनाज्ञ नकर्मी, आयुष घलान छन् । दिपेश राई, नीरञ्जन मल्ल, रोहन खड्गी भने फरवार्डमा छन् ।
च्याम्पियनसिपको पहिलो खेल नेपालले जुलाई २५ मा माल्दिभ्ससँग खेल्नेछ । दोस्रो खेल जुलाई २७ मा श्रीलंकासँग र त्यसपछि ३१ मा भारतसँग खेल्नेछ । नेपालले समूहको अन्तिम खेल अगस्त २ मा बंगलादेशसँग खेल्नेछ ।
प्रतिक्रिया