शनिबार, पुष ५, २०८२

बजारमा उल्फ एयर मास्क

नेपालखोज २०७९ साउन ३ गते १४:४२

काठमाडौं । उल्फ एयर मास्क नेपाली बजारमा बिक्री सुरु भएको छ । बिक्रीको छोटो समयमै बजारमा उत्कृष्ट प्रतिक्रिया पाएको कम्पनीले जनाएको छ । यसै क्रममा गुण सिनेमाअन्तर्गतको दरबार सिनेम्याक्सले आफ्नो सिनेमा हलहरूमा उल्फ एयर मास्क जडान गरियको छ ।

जसले सिनेमा हलका दर्शकलाई कोरोनालगायतका भाइरसबाट सुरक्षा प्रदान हुने बताइएको छ । प्लानेट हेल्थ केयरका सहायक निर्देशक रोजन श्रेष्ठ र दरबार सिनेम्याक्सका कार्यकारी निर्देशक दिप्रश शाक्यबीच भएको सम्झौताअनुसार उल्फ एयर मास्क–१००० स्क्वायर फिटका पाँचवटा डिभाइस उक्त सिनेमा हलमा लगाइएको छ ।

उक्त प्रडक्ट दरबार सिनेम्याक्समा जडान गर्नुअघि ७२ एयर क्वालिटी इन्डेक्स पीएम २.५ ः २२ यूजी प्रतिमेट्रिक क्युब देखाइरहेको थियो भने जडानपश्चात् १२ एयर क्वालिटी इन्डेक्स र पीएम २.५ः ४ यूजी प्रतिमेट्रिक क्युब देखाएको थियो । जडान गरेको ४ देखि ५ घण्टाभित्रै उक्त प्रडक्टले रिजल्ट देखाएको थियो । यो प्रडक्ट सातदेखि १० वर्षसम्म प्रयोग गर्न सकिनेछ भन्ने कुरा कम्पनीका सहायक निर्देशक रोजन श्रेष्ठले बताए ।

उक्त प्रडक्टको जडानपश्चात एयर क्वालिटी प्यारामिटरअन्तर्गत थाहा पाउन सकिन्छ । जर्मन टेक्नोलोजी प्रयोग गरेर अल अबाउट इनोभेसन्स नामक संस्थाद्वारा भारतमा उत्पादन गरिएको मास्कबाट हावामा रहेको विकार, किटाणु तथा अशुद्धतालाई ९९ दशमलव नौै प्रतिशत नष्ट गरी सास फेर्न लायक हावा प्रवाह गर्ने उक्त उल्फ एयर मास्क पूर्ण रूपमा स्वास्थ्य मापदण्ड पालना गरी बनाइएको छ ।

प्रतिक्रिया