बिहीबार, जेठ २, २०८२

इजिप्टमा दुर्घटनामा परि २२ जनाको मृत्यु

नेपालखोज २०७९ साउन ३ गते २१:०६

कायरो । दुर्घटनामा परि इजिप्टमा मंगलबार कम्तीमा २२ जनाको मृत्यु भएको छ । घटनामा अन्य ३३ जना घाइतेसमेत भएको स्थानीय अधिकारीहरूले जानकारी दिएका छन् ।

देशको दक्षिणी क्षेत्रमा पर्ने मिन्या प्रान्तमा घटना भएको जनाइएको छ । ‘राजधानी कायरो तर्फ आइरहेको बस दुर्घटनामा परि उनीहरूको मृत्यु भएको हो,’ गभर्नर ओसामा अल क्वाडीले भने ।

दुर्घटनामा परेको बस देशको दक्षिणी प्रान्त सोहाङबाट हिडेको थियो । सडकमा रोकेर राखिएको ट्रकमा ठोक्किएर दुर्घटना भएको जनाइएको छ । घाइतेहरूलाई एम्बुलेन्समा राखेर स्थानीय अस्पतालमा लागिएको छ । उनीहरूको अस्पतालमा उपचार भइरहेको छ ।

घाइते मध्ये केहीको अवस्था गम्भीर रहेको र अधिकांशको अवस्था समान्य रहेको चिकित्सकहरूले जनाएका छन् । राजधानी कायरो देखि २०० मिटर टाढा घटना भएको हो । इजिप्टमा यस्ता दुर्घटना बेला बेलामा भइरहने गरेका छन् ।

सडक तथा यातायातका साधनको बिग्रिएको अवस्था, चालकको लापरवाही लगायतका कारणले बढी दुर्घटना हुने गरेको हो । रासस/सिन्ह्वा

प्रतिक्रिया