एसियन गेम्सको नयाँ मितिको घोषणा
नेपालखोज
२०७९ साउन ४ गते ६:४३

काठमाडाैं । कोभिडका कारण स्थगित भएको एसियन गेम्सको नयाँ मिति घोषणा भएको छ । ओलम्पिक काउन्सिल अफ एसिया (ओसीए) लेमंगलबार एसियन गेम्सका लागि नयाँ मिति तय गरेको हो ।
अब नयाँ मिति अनुसार एसियन गेम्स सन् २०२३ को सेप्टेम्बर २३ देखिअक्टोबर ८ सम्म हुने छ । यसअघि २०२२ सेप्टेम्बर १० देखि २५ सम्म आयोजना हुने भनिएको एसियन गेम्स कोभिडका कारण स्थगितभएको थियो । एसियाडसमेत भनिने १९ औं एसियन गेम्स चीनको होङझोउमा हुने छ ।
सम्बन्धित
प्रतिक्रिया