सोमबार, पुष ७, २०८२

होटेल ए-वान लभ्लीमा कुमारीका ग्राहकलाई १५ प्रतिशत छुट

नेपालखोज २०७९ साउन ४ गते १६:३२

काठमाडौं । कुमारी बैंक लिमिटेड र लमही दाङस्थित होटेल ए-वान लभली स्टारबीच कुमारी बैंक लिमिटेडका ग्राहकलाई होटेलबाट प्रदान गरिने सेवामा विशेष छुट प्रदान गर्ने समझदारी भएको छ ।

डिजिटल कारोबारमा ग्राहकलाई प्रोत्साहन गर्न बैंकले यस सहकार्यमार्फत होटेलका विभिन्न सेवामा आकर्षक छुटको प्रावधान गरेको हो । बैंकका डेबिट/क्रेडिट कार्डवाहकले उक्त होटेलको लजिङ शुल्कमा १५ प्रतिशत र फुडिङमा १० प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्नेछन् ।

बैंकले आफ्ना देशव्यापी १९७ शाखा सन्जाल, १९१ एटीएम, ४८ शाखारहित बैंकिङ एकाइ तथा २४ एक्सटेन्सन काउन्टरबाट अत्याधुनिक सेवा दिँदै आएको छ । आगामी दिनमा अझ सुरक्षित, सरल, सुलभ तथा उत्कृष्ट सेवा प्रदान गर्न डिजिटल पूर्वाधार प्रविधि र क्षमतालाई सुदृढ पार्दै लगिने बैंकले प्रतिबद्धता जनाएको छ ।

प्रतिक्रिया