शनिबार, पुष ५, २०८२

गुराँस लाइफले एकै दिन दियो २६ लाखको मृत्यु दाबी भुक्तानी

नेपालखोज २०७९ साउन ५ गते २१:३८


काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्सले एकै दिन दुईवटा मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत विपिन कुमार लाल ज्यूले रौतहट, देवाही गोनाही नगरपालिका वडा नं.०१ बस्ने, शेष अनसारुल हक को मृत्यु दाबी वापतको रकम उनको इच्छाइएको व्यक्ति निजको श्रीमती समसा खातुन लाई मृत्यु दावी वापतको १३ लाख रुपैयाँको चेक हस्तान्तरण गरेका छन् ।

साथै तेह्रथुम जिल्ला, फेदाप गाउँपालिका वडा नं. ०२ बस्ने, वर्ष ३५ को श्री हेमराज लिम्बुको मृत्यु दावी वापतको रकम उनको हकवाला श्रीमती कौशिला लिम्बु लाई मृत्यु दाबी वापत जम्मा १३ लाख रुपैंयाँको चेक हस्तान्तरण गरेका हुन् ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत विपिन कुमार लालले बीमा समितिले आ.व. २०७८÷०७९ लाई बीमा दाबी भुक्तानी वर्ष घोषित गरेको र सोही अनुरुप कम्पनीले आ.व. २०७८÷०७९ मा दर्ता भएका सम्पुर्ण मृत्यु दावी फछ्र्यौट गरि सो आवमा मृत्यु दाबी भुक्तानी गर्न बाँकी नरहेको जानकारी गराए । साथै यस आवमा पनि सोही अभियानलाई निरन्तरता दिने प्रतिवद्धता समेत व्यक्त गरे ।

प्रतिक्रिया